Logo

भूकम्प प्रभावितहरुका लागि नेसपाले सरकारलाई दियो १० लाख, तत्काल राहत र अस्थायी आवास व्यवस्था गर्न आग्रह



काठमाडौं २७ कात्तिक । भूकम्प प्रभावितहरुको सहयोगका लागि नेपाल समाजवादी पार्टी (नेसपा) ले १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईसहित अन्य नेताहरु आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेर घोषणा बमोजिमको रकमको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा नेसपा अध्यक्ष डा. भट्टराईले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गर्न आग्रह गरेका छन् ।

साथै, राज्यका सबै अंग परिचालन गरी छिटो र प्रभावकारी ढंगले भूकम्प प्रभावितहरुको पक्षमा काम गर्न डा. भट्टराईले आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot