Logo

गगनले टिकटक बन्द गर्ने निर्णयको विरोध गरेपछि रविले भने–सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीहरुको बिरोधको अर्थ चाहीँ बुझिएन



काठमाडौं, २७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्नेमा जोड दिएका छन् । तर, बन्द गर्नु गलत भएको उनको प्रतिक्रिया छ । सरकारले आजमात्रै टिकटक बन्द गर्ने निर्णय गरेपछि लामिछानेको यस्तो प्रतिक्रिया आएको हो ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो लेखेका छन्

सामाजिक संजाललाई नियमन गर्ने हो, बन्द गर्ने होईन। समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होईन। अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्।प्राविधिक रुपमा खराब लाई कन्ट्रोल गर्न सकिन्छ। टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ। के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त? यो निर्णय गर्ने सत्ता धारी दल कै कयौं नेताहरु भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त? मुलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरु सामाजिक संजालबाट उदाए, मुलधारले लुकाएका कयौं समाचार सामाजिक संजालले उजागर गरे, सामाजिक संजालले फैलाएका कयौ अफवाहलाई मुलधारले फेक प्रमाणीकरण गरे। आजको युगमा सोसियल मिडियाको बिकल्प सुधारिएको (Better, Improved and Disciplined ) सोसियल मिडिया हो।
सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरुको बिरोधको अर्थ चाहिँ बुझिएन। के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?



प्रतिक्रिया दिनुहोस्