Logo

वर्षमा एक दिनमात्र खुल्ने रानीपोखरीको बालगोपालेश्वर मन्दिर, बिहानैदेखि भाइटीका लगाउन सुरु (फोटो फिचर)



काठमाडौं, कार्तिक २९ । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला भएको छ । दिदी बहिनी नहुनेका लागि आजका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

यस अवसरमा रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ । यस अवसरमा रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ ।

प्रताप मल्लको पालाको ग्रन्थकुट शैलीमा बनेको मन्दिरमा बालगोपाल, शिवलिंग र हरिशंकरी गरी तीन मूर्ति छन् । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । भाईटिकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।



प्रतिक्रिया दिनुहोस्