Logo

भूकम्प प्रभावितहरुको सेवा निरन्तर समर्पित नेविसंघ नेता धमला



काठमाडौं, ३० कात्तिक । युवा व्यवसायी, समाजसेवी एवं नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अशोक धमला यतिबेला भूकम्प प्रभावितहरुको सेवामा समर्पित छन् ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पमा त्यहाँका धेरै मानिस घरबार विहीन भएका छन् । उनीहरु बस्ने घर भत्किँदा वर्षभरीलाई खान पुग्ने अन्नसमेत माटोमा मिसिएको छ । जसका कारण उनीहरुको दैनिकी भोकै वित्ने अवस्था थियो ।

भूकम्प प्रभावितहरुको सोही अवस्थालाई मध्यनर गर्दै खाल्सा एडसँगको समन्वयमा समाजसेवी धमलासहितको टिमले जाजरकोटको मैदे र राउत गाउँमा खाना खुवाउने अभियान चलाएको हो ।

अहिले जाजरकोटको दुई ठाउँमा गरेर दैनिक विहान बेलुका एक हजार जनाभन्दा बढिलाई खाना खुवाउने काम भइरहेको समाजसेवी धमला बताउँछन् ।

‘हामीले दिनमा विहान बेलुका गरेर एक हजार जनाभन्दा बढिलाई खाना पकाएर खुवाएका छौं । अहिले हामीले दुई ठाउँमा खाना पकाएर खुवाइरहेका छौं । अवस्था हेरेर तीन÷चार ठाउँमा पनि गर्ने तयारीमा छौं । यो कार्य निरन्तर अगाडि बढ्छ,’– उनले भने ।

उक्त स्थानका भूकम्प प्रभावित गर्भवती, सुत्केरी महिला, अशक्त र वृद्ध वृद्धाहरुका लागि आवस्यक पर्ने अन्य सामाग्री वितरण गर्ने पहल पनि भइरहेको उनले बताए ।

साथै, खाना पकाएको ठाउँमा खाना खान आउन नसक्नेहरुलाई दाल चामल लगायतको खाद्यन्न उपलब्ध गराइएको समेत उनले बताए । समाजसेवी धमलासहितको टोलीले यसपालीको तिहारसमेत भूकम्प प्रभावितहरुको सेवामा विताएको छ । तिहारको अन्तिम दिन (भाइटीकाको दिन) उक्त टिमले भूकम्प प्रभावितहरुलाई खिर, रोटी खुवाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot