Logo

व्यवसायिक जीवनमा फर्किए ‘रमेश बाहुन’



काठमाडौं, २ मंसिर । ‘रमेश बाहुन’ को नामले चिनिएका सुजन पौडेलले व्यवसायीक यात्रा आरम्भ गरेका छन् । करिब ९ वर्ष २ महिना जेल जीवन बिताएका पौडेलले केही दिन अघि मात्रै दुबईमा पुगेर औपचारिक रूपमा सुजनकुमार ह्यूमन रिर्सोज म्यानपावर कम्पनी सञ्चालनमा ल्याएका हुन् ।

देशमा काम गर्ने वातावरण नभएपछि पौडेलले दुबईमा पुगेर वैदेशिक रोजगारीको क्षेत्रमा हात हालेको बताइएको छ ।

‘दुबईमा अलपत्र परेका नेपालीलाई रोजगारीको शिलशिलामा काम गर्न सजिलो होस भन्नका लागि आफूले दुबईबाट व्यवसाय आरम्भ गरेको उनले बताए । उनका अनुसार मेनपावरले बेरोजगार नेपाली युवालाई विदेशमा रोजगारीका लागि समन्वयात्मक र सहयोगी भूमिका निभाउने छ ।

‘धेरै नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई अलपत्र पारिएको छ। उहाँहरूको लागि उचित रोजगारीको व्यवस्थाका लागि सजिलो होस् भनेर हामीले यहाँको नियम कानुनअनुसार नै कम्पनी खोलेर काम सुरु गरेका हौँ’,– उनले भने ।

विदेशमा आएर दुःख पाएका नेपालीहरुका लागि आफ्नो कम्पनीले मैत्रीपूर्ण सहयोग गर्ने उनको भनाई छ । कम्पनीले दुबईबाटै युरोपेली देशमा रोजगारीका लागि जान चाहने नेपालीका लागि पनि सेवा दिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot