Logo

विश्वकप क्रिकेट- भारतलाई चौथो झट्का, विराट ५४ रनमा आउट



काठमाडौं,३ मंसिर । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि अहिले भारत र अस्ट्रेलिया भिडिरहेका छन् ।

टस हारेर सुरुवातमा ब्याटिङ गरिरहेको भारतले ४ विकेट गुमाएको छ । भारतले चौथो विकेटका रुपमा विराट कोहलीलाई गुमाएको छ । उनले ५४ रन जोडे । उनले ६३ बलमा ४ चौका हिर्काउँदै ५४ रन बनाएका हुन् ।

ताजा अवस्थामा भारतले ४ विकेट गुमाएर ३० ओभरमा १५२ रन जोडेको छ ।

यसअघि कप्तान रोहित शर्मा ४७ रनमा आउट भएका थिए भने शुबमन गिल र श्रेयस ऐयर समान चार रनमा आउट भएका थिए। केएल राहुलसँग इनिङ सम्हालिरहेका विराट पनि पेबेलियन फर्किएसँग भारतमाथि दबाब बढेको छ। 



प्रतिक्रिया दिनुहोस्

Screenshot