काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधार ल्याउने उपाय बारे आज छलफल गर्ने भएका छन्।
मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउने घोषणा गरेका प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत आर्थिक क्षेत्रसँग सम्बन्धित सरकारी निकायका अधिकारीसँग अपरान्ह ४ बजे छलफल गर्न लागेका हुन्।
बैठकमा अर्थतन्त्रको अवस्था कसरी सुधार गर्न सकिन्छ भन्नेबारे सरकारी निकायका अधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय लगायतका निकायबाट अहिले मुलुकको आर्थिक अवस्थाको बारेमा जानकारी लिनेछन् ।