Logo

‘विराट आउट भएपछि स्टेडियममा सन्नाटा छायो,तर उक्त क्षण मेरा लागि निकै सन्तोषजनक थियो’



काठमाडौं,४ मंसिर । १३औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार राती सम्पन्न फाइनल खेलमा भारतलाई ६ विकेटले पाखा लगाउँदै अस्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो ।

यो उसको छैठौं पटकको उपाधि हो । पहिले ब्याटिङ गरेको भारतले २४० रन जोडेको थियो । जवाफमा अस्ट्रेलियाले ७ ओभर बाकी रहँदै लक्ष्य पूरा गर्यो । भारतका लागि ५४ रनको अर्धशतकीय पारी खेलेका विराट कोहलीलाई अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले आउट गराएका थिए । कमिन्सको हातबाट कोहलीको विकेट झर्दा नरेन्द्र मोदी स्टेडियममा करिब एक लाख ३० हजार भन्दा बढी दर्शकमा सन्नाटा छायो । एकाएक पूरै स्टेडियम चकमन्नजस्तो बनेको थियो ।

समाचार एजेन्सी पीटीआईका उल्लेख गरेअनुसार, ‘कोहलीको विकेटपछि स्टेडियममा सन्नाटा छाउँदा तपाईंका लागि त्यो क्षण खास थियो ?’ भनेर पत्रकारले कमिन्सलाई सोधिएको थियो । उनले पत्रकारको प्रश्नमा ‘हो’ भनेर टाउको हल्लाएका थिए ।

त्यसपछि उनले भने, ‘मैदानमा यस्तो सन्नाटा थियो, हामीले म्याचको बीचमा यसबारे कुरा पनि गर्‍यौँ । अरु म्याच जस्तै यसपल्ट पनि विराटले शतक बनाऊलान् भन्ने सबैलाई लागेको थियो । तर उनी आउट भएपछि सबै छक्क परे । तर, यो सन्नाटा मेरा लागि निकै सन्तोषजक थियो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot