Logo

टिकटक प्रतिबन्धको विरोधमा उत्रिए टिकटकरहरु, ‘टिकटक होइन जाजरकोटलाई ध्यान दे’ (फोटोफिचर)



काठमाडौं, ४ मंसिर । काठमाडौंको माइतीघर मण्डलामा टिकटकरहरुले प्रदर्शन गरेका छन् । उनीहरु टिकटक प्रतिबन्धको विरोधमा यसअघिदेखि नै प्रतिबन्धमा उत्रिएका हुन् ।

उनीहरूले सरकारको विरोधमा विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । ती प्रदर्शित प्लेकार्डमा ‘जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर, सर्वोच्च अदालत कहाँ छ ? लगायतका नारा लेखिएका छन् ।

सरकारले भने टिकटक प्रतिबन्ध कार्यान्वयनको लागि समिति नै गठन गरेको छ । सरकारले टिकटक प्रतिबन्ध नगर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्नेसम्मको चेतावनी दिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्