Logo

फिफा विश्वकप छनोटमा नेपालले भोलि यमनसँग खेल्ने



काठमाडौं,४ मंसिर । फिफा विश्वकप छनोटअन्तर्गत नेपालले दोस्रो चरणको दोस्रो खेलमा भोलि यमनसँग खेल्दैछ । नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा हुनेछ ।

नेपालले समूह चरणको पहिलो खेलमा यूएईसँग ४-० ले पराजित हुँदै अंकवीहिन बनेको छ । भने यमनपनि बहराइनसँग २-० ले पराजित हुँदै अंकवीहिन नै रहेको छ । नेपालले भोलि यमनविरुद्ध जित्नका लागि खेल्ने दाबी गरेको छ ।

यमनसँगको खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली फुटवल टिमका मूख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेक्स र नेपाली टिमका कप्तान किरणकुमार चेम्जोङले यमनविरुद्धको खेल आफ्नो टिमले जित्नकै लागि खेल्ने दाबी गरे ।

‘हामी जित्नका लागि यो खेल खेल्नेछौं । समर्थकहरुलाई विश्वास दिलाउन चाहान्छौं । हामी यो खेल जित्छौं । अंक जोड्न चाहान्छौं’ एनेक्सले भने ।

नेपालले यसअघि सन् २०१९ को एसिया कपका लागि  छनोटमा यमनसँग खेलेकाे थियो । जसमध्ये सन् २०१७ मा सशस्त्र प्रहरी बलको मैदान हल्चोकमा भएको खेल गोलरहित बराबरी भएको थियो । तर कतारमा भएको अवे खेलमा भने नेपाल यमनसँग २-१ ले पराजति भएको थियो । 

तस्विर- मुकुन्द कालिकोटे: रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot