Logo

कुनै जातजाति र समुदायको स्वाभिमानमा आँच आउने चलचित्रमा रोक लगाउन सेन्सर बोर्डलाई बालेनको पत्र



काठमाडौं,६ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुनै पनि जातजाति र समुदायको स्वाभिमानमा आँच आउने चलचित्रमा रोक लगाउन सेन्सर बोर्डलाई पत्र लेखेका छन् ।

मुधबार बोर्डलाई एक पत्र लेख्दै बालेनले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउनेसहितका चारबुँदे सुझाव समेत प्रस्तुत गरेका छन् ।

केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पठाइएको पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन पनि आग्रह गरिएको छ ।

कुनै पनि जातजाति, वर्ण, समुदाय, लिंग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच) मा रोक लगाउने समेत उनले माग राखेका छन् ।

यी विषयवस्तुलाई प्राथमिकतामा राख्न समेत उनको आग्रह छ । सेन्सर बोर्डले चलचित्र जाँच समितिको कार्यविधि २०७४ कार्यान्वयनमा ल्याएको सन्दर्भमा मेयर शाहले पत्र लेखेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot