Logo

एकै घरका तीनजना मृत फेला,६ वर्षकी छोरी भने सकुशल



काठमाडौं, मंसिर ७ । धनकुटा नगरपालिका–१ निगालेमा एकै घरका तीनजना मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत भेटिनेमा ३७ वर्षका टीका गुरुङ, उनकी पत्नी ३८ वर्षीया झुमा र ११ वर्षीय छोरा आयुष रहेका छन् ।

टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

६ वर्षकी छोरी आशिका भने सकुशल छिन् । उनलाई बाबु टीकाले राति नै छिमेकीको घरमा पुर्‍याएपछि घटना गराएको देखिएको प्रहरीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्