Logo

वस्तु व्यापारतर्फ धेरै कर दाखिला गर्ने भाटभटेनी सम्मानित



काठमाडौं, मंसिर ७ । आन्तरिक राजश्व विभागले भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरलाई बस्तु व्यापारमा सबै भन्दा बढी आयकरतर्फ कर दाखिला कर दाताको रुपमा सम्मान गरेको छ ।

कर दिवस २०८० को उपलक्ष्यमा आज विहान आयोजित एक कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले भाट भटेनिका प्रबन्ध निर्देशक तथा संचालक मीन बहादुर गुरुङलाई सम्मान पत्र हस्तान्तण गरेका छन् । वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केटले सबै भन्दा बढी कर दाखिला गरेपछि उक्त सम्मान प्रदान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot