Logo

धनकुटामा एकै परिवारका ३ जना मृत फेला



काठमाडौं,७ मंसिर । धनकुटामा एकै घरका तीन जना मृत फेला परेका छन् ।

जिल्लाको धनकुटा नगरपालिका-१ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् ।

टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको बताईएको छ । मृत्युको कारण नखुलेको प्रहरीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot