Logo

क्यानको जीएम पदमा दरखास्त आह्वान



काठमाडौं,७ मंसिर । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर (जीएम) पदमा दरखास्त आह्वान गरेको छ । क्यानले आज एक सूचना जारी गर्दै उक्त पदमा दरखास्त माग गरेको हो ।

क्यानले सूचना प्रकाशीत भएको दिनबाट आगामी डिसेम्बर ७ सम्ममा आवेदन दिन भनेको छ । क्यानले मागेको जीएम पदमा आवेदन दिने व्यवस्थापन संकायमा स्नातकोत्तर उतिर्ण गरेको र , कम्तीमा पनि ७ वर्षको नेतृत्वको अनुभव भएको र कर्पोरेट सुशासन र नीतिहरूको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot