Logo

विद्युत सुशासन आयोगको सदस्यमा पूर्णबहादुर कुँवर नियुक्त



काठमाडौं,७ मंसिर । विद्युत सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवर नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई सदस्यमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्विट्जरल्यान्ड सरकारले प्रदान गर्ने स्वीस रकम ४.४६५ मिलियन ६५ करोड अनुदान स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot