Logo

केपी ओली टी-२० कप- गण्डकीविरुद्ध पहिले ब्याटिङ गर्दै एपीएफ



काठमाडौं,८ मंसिर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बिहीबारबाट पोखरामा सुरु भएको प्रथम केपी ओली कप टी-२० अन्तर्गत आजको दोस्रो खेलमा गण्डकी प्रदेश र सशस्त्र प्रहरीको टिमबीच खेल हुँदैछ ।

पोखरा रंगशालामा टस जितेको गण्डकीले फिल्डिङ गर्ने निर्णय गरेपछि एपीएफले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।

आजै भएको पहिलो खेलमा कर्णालीविरुद्ध ९० रनको विशाल जित निकाल्दै बागमती प्रदेशले सेमिफाइनलमा आफनो स्थान पक्का गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot