Logo

राजा फर्काउने आन्दोलनमा सहभागी हुन रवि, बालेन र भीम रावललाई दुर्गा प्रसाईंको आह्वान



काठमाडौं,८ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईले आफ्नो आन्दोलन जारी रहने बताएका छन् ।

शुक्रबार एकैदिन तेस्रोपटक निजी निवास भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गरेका प्रसाईंले भोलिको आन्दोलनमा सबैभन्दा अगाडी लागेर आफै तीनकुने जाने उद्घोष समेत गरेका छन् ।

‘भोलि ११ बजे यहीँ आउनुस् मेरो घरमा,म तपाईंहरूको अगाडि लागेर तीनकुने जान्छु,’प्रसाईंले भने ।

आज तीनकुनेमा हुने भनिएको आन्दोलनमा उपस्थित हुन काठमाडौं प्रशासनले अनुमति नदिएपछि आक्रोशीत बनेका मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले भोलि तीनकुनेमा हुनेआफ्नो आन्दोलनमा सहभागी हुन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह,रास्वपाका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावललाईसमेत सहभागी हुन आग्रह गरेका छन ।

पहिलो दिनको गणतन्त्र विरोधी आन्दोलनपछि पत्रकार सम्मेलन गर्दै प्रसाईंले अर्को दिनको आन्दोलनमा श्रीलंका मोडेलमा नेताका घर घरमा जाने बताएपछि शुक्रवार प्रहरीले उनलाई घरबाट निस्कन दिएको थिएन । यता तीनकुनेमा प्रदर्शनका लागि आएका उनका केही समर्थकहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot