Logo

क्रिकेटर अविनाश बोहराले गरे ‘इन्गेजमेन्ट’



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर अविनाश बोहराको विहे पक्का भएको छ ।

बोहराले प्रेमिका प्रतिज्ञा खनालसँग हालै ‘इन्गेजमेन्ट’ गरेका छन् ।

अविनाश अष्ट्रेलियामा रहेकी प्रतिज्ञासँग केही समययता प्रेम सम्बन्ध रहेका थिए । उनीहरूले इन्गेजमेन्ट काठमाडौंको सीतापाइलास्थित प्रतिज्ञाको घरमै इन्गेजमेन्ट गरेका हुन् ।

तीव्र गतिका बलर अविनाश राष्ट्रिय टोलीमा टी– २० फर्म्याटका डेथ ओभर स्पेसलिस्टको रुपमा चिनिन्छन् । २६ वर्षीय अविनाशले २०१९ मा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot