Logo

‘झुलाघाट–चिवाभञ्ज्याङ: समृद्धिको लागि संकल्प यात्रा’ को समय तालिका सार्वजनिक (पूर्णपाठसहित)



काठमाडौं,१४ मंसिर । नेकपा एमालेले आजबाट झुलाघाट–चिवाभञ्ज्याङ: समृद्धिको लागि संकल्प यात्रा नामक पदयात्राको थालनी गरेको छ ।

बिहीबार बिहान पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट यात्राको सुभारम्भ गरेका हुन् । उनले झुलाघाटमा झंडोतोलन गरी अभियानको शुरुवात गरेका हुन् । उनले आज सुरुवात गरेको संकल्प यात्रा पुस २ गते १९औं दिनमा पाँचथरको फिदिममा पुगेर टुंगिनेछ भने पुस ५ गते काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर काठमाडौंमा औपचारिक रुपमा यात्रा समापनको सूचना संप्रेषण गरिने एमालेले जनाएको छ ।

एमाले अध्यक्ष ओलीले अभियानको उद्घाटनपछि नेपालको राष्ट्रिय झन्डा र पार्टीको झन्डा पार्टीका सूदुरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्मालाई हस्तान्तरण गरेका छन् । बैतडीको झुलाघाटबाट पार्टीले शुभारम्भ गरेको यात्रालाई पूर्वको चिवा भञ्ज्याङमा पुर्‍याउनका लागि ओलीले झन्डा हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष ओलीले हस्तान्तरण गरेको झन्डा कर्णाली प्रदेशको राकम कर्णालीमा पुगेर कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टलाई हस्तान्तरण गर्ने छ भने रुकुमकोटमा गएर कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सोही अनुसार यात्राको टोली एक प्रदेशबाट अर्को प्रदेश प्रवेश गर्दा त्यहाँका इन्चार्जलाई झन्डा हस्तान्तरण गर्दै कोशी प्रदेश टोली कोशी प्रदेश पुगेर अभियान समापन हुनेछ ।

एमालेले अभियानको रुट सार्वजनिक गर्दै पहिलो दिन १३० किलोमिटको यात्रा गर्नेछ । आज बिहान भुलाघाटबाट प्रस्थान गरेको एमालेको टोली साँझ गोठालापानी पुग्नेछ । समय रहेमा आजै तुफान डाँडामा पनि कार्यक्रम गर्नेछ । भोलि अमरगढीबाट निक्लिने एमाले नेताहरु डोटी दीपायलको सिलगुडीमा पुगेर रोकिनेछ ।

यस्तो छ संकल्प यात्राको रुट



प्रतिक्रिया दिनुहोस्

Screenshot