Logo

लायन्स क्लबको योगदान महत्वपूर्णः प्रदेश प्रमुख खापुङ



मोरङ, १५ मङ्सिर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले लायन्स क्लबले सामाजिक क्षेत्रमा ठूलो योगदान गरेको बताएका छन् । आज आयोजित लायन्स क्लब विराटनगर युनाइटेडको १३औँ पदस्थापना एवं सम्मान कार्यक्रम उद्घाटन गर्दै क्लब सेवा भावनाले प्रेरित रहेको भन्दै उनले क्लबले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई पु¥याएको सहयोगको प्रशंसा गरे ।

प्रदेश प्रमुख खापुङले सेवाको भावनाले समाज कल्याणमा लागेका सम्पूर्ण पदाधिकारीलाई थप प्रेरणा मिलोस् भनी शुभकामना दिए । प्रदेश सरकारका बिना विभागीयमन्त्री कमलप्रसाद जवेगुले क्लब सेवाको आवश्यकता भएका नागरिकलाई खाद्य सामग्री, न्यानो कपडा, शैक्षिक सामग्रीलगायतका विभिन्न सहयोग प्रदान गर्ने अनुशासित संस्था भएको बताए ।

क्लबका अध्यक्ष टीका सिवाकोटी, पूर्वमन्त्री जीवन घिमिरे र जिल्ला सभापति विजयहरि शर्मालगायतले क्लबले समाजले भूकम्पपीडित, शीतलहरबाट नागरिकलाई जोगाउन, ज्येष्ठ नागरिक र विद्यार्थीलाई प्रदान गरिएको सहयोगलगायतका विषयमा चर्चा गरे । सो अवसरमा लायन्स युनाइटेडका नवपदाधिकारी एवं पूर्वगर्भनरलाई सम्मान गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot