Logo

ओलीलाई युवा नेता पौडेलको सुझावः ‘कांग्रेसलाई दोष लगाउनुभन्दा तपाईँले भनेजस्तै एमाले बनाउनेतिर लाग्दा राम्रो हुन्छ’



काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेसलाई दोष लगाउनुभन्दा पनि आफूले भनेजस्तै एमाले बनाउने कार्यमा केन्द्रीत हुन सुझाव दिएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै दलीय ब्यवस्थामा दल नसुध्रिएसम्म देशलाई अगाडि बढान नसकिने बताए । कांग्रेका नेताले एमालेलाई र एमालेका नेताहरुले कांग्रेसलाई दोष लगाउनुभन्दा पनि आ–आफ्नो पार्टीलाई बलियो बनाउने र सुधार्ने तर्फ लाग्नुपर्ने उनले बताए ।

एमाले अध्यक्षओलीले सधैं ‘कांग्रेस लगायतका दल बितण्ड मच्चाउने दल हुन् । एमालेमात्रै राम्रो पार्टी हो’ भनेर जनतामाझ भनिरहेको तर्फ केन्द्रीत हुँदै उनले ओलीले यसो भनेको धेरै वर्ष भएको बताए । उनले अहिलेको परिस्थिति जे बोलेपनि जनताले पत्याउने अवस्था नरहेको बताए । एमालेलाई भोट हाल्ने र नहाल्ने सबैले सबै कुरालाई ओलीले भनेझैं नबुझ्ने उनले दाबी गरे ।

ओली यो देशको तीन पटक प्रधानमन्त्री भएको र धेरै अबसर पाएको ब्यक्ति भएको बताउँदै उनले भने, ‘तपाईँ यो देशको तीन पटक प्रधानमन्त्री हुनुभएको ब्यक्ति हो, अबसर पाउनु भएको ब्यक्ति हो । त्यसकारण मेरो आग्रह के हो भने– हाम्रो नेतृत्वले जबरजस्त त्यसो भनिरहेर कोही कन्भिन्स हुँदैन । मैले उहाँलाई मात्रै भनिन, हाम्रो नेपाली राजनीतिको नेतृत्वले त्यसो भनेर कोही कन्भिन्स हुँदैन । आज कोही मान्छेले केही भन्यो भने विवेक प्रयोग नगरी मान्छेले स्वीकार गर्दैन । आज एमालेको नेताज्यूले कांग्रेसलाई दोष लगाउनुभन्दा उहाँले भनेजस्तै एमाले बनाउनु राम्रो हुन्छ । यो दलीय ब्यवस्था हो दल नसुधारिएसम्म देश सुधारिँदैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot