Logo

सर्वोच्चमा रिट दर्ता हुन छाडेको युवराज सफलको गुनासो



काठमाडौं, २६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध पटक–पटक मुद्दा हालेर चर्चामा आएका युवराज पौडेल ‘सफल’ ले पछिल्लो समय सर्वोच्च प्रशासनले आफूले लगेको रिट दर्ता गरिदिन छाडेको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूले रिट लिएर जाँदा सर्वोच्चको प्रशासन थुरथुर कामेर दरपीठ गरिदिने गरेको बताए ।

‘न्याय चाहियो, कानुनको रक्षा गर्नुपर्यो भनेर युवराज सफलले रिट लिएर जान्छ सर्वोच्च अदालतमा । सहकारी ठगहरुलाई कारबाही गर्नुपर्छ भनेर युवराज सफल जान्छ । सकिनसकी आफैंले रिट लेखेर जान्छ ।’ उनले भने, ‘सर्वोच्चको प्रशासन थुरथुर काम्छ र त्यो रिट दरपीठ गर्छ । दरपीठको विरुद्धमा युवराज सफल फेरि जान्छ । त्यसपछि कुनै न्यायाधीशले दरपीठ सदर गर्दिन्छन्, कसैले कैफियत प्रतिवेदन झिकाउने आदेश गर्दिन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot