Logo

प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष टिक्छ, सत्ता गठबन्धन ५ वर्ष तलमाथि हुँदैनः देव गुरुङ



काठमाडौं,१८ मंसिर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकार आगामी तीन वर्षसम्म कसैले चाहँदैमा ढाल्न नसक्ने दाबी गरेका छन् ।

सोमबार बिहान रुकुम पश्चिममा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले सो दाबी गरेका हुन् । उनले प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष चल्ने र हालको सत्ता गठबन्धन आगामी छ वर्षसम्मै जाने जिकिर समेत गरे ।

“अहिलेको सरकार तीन वर्ष नै टिक्छ । यो सरकार ढाल्नलाई धेरै प्रयास भइरहेका छन् । तर त्यो काम सफल हुन सक्दैन । यो सरकारलाई जनताले रुचाएका छन् । सरकारले पनि जनमुखि काम गर्दै आएको छ”, उनले भने ।

पत्रकार भेटघाटमा महासचिव गुरुङले सबै कम्युनिष्ट शक्तिहरु एक हुनुको विकल्प नभएकोसमेत बताए । उनले छिट्टै माओवादी घटकहरुबीच एकता हुने विश्वास व्यक्त गरे ।

“पूर्वमाओवादी घटकको एकताको कुरा भइरहेको छ । सामाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ । नेपाल समाजवादी पार्टीसँग एकता गर्न त कार्यदल नै निर्माण भएको छ । माओवादी केन्द्रको नेतृत्वमा नै पार्टी एकता हुन्छ”, गुरुङले भने । जनताले पनि माओवादी घटक एक भएको हेर्न चाहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot