Logo

विश्व मिडिया शिखर सम्मेलनले चीन-अफ्रिका सहयोग बलियो बनाउँने



आक्रा १९ मङ्सिर । विश्व मिडिया शिखर सम्मेलनले चीन-अफ्रिका सहयोग गहिरो बनाउँने विश्वास गरिएको छ ।दर्जनौं अफ्रिकी मिडिया प्रतिनिधिहरू बीच जारी विश्व मिडिया शिखर सम्मेलनले चीन-अफ्रिका सहयोगका बारेमा विश्वव्यापी मिडिया आउटलेटहरूको समझदारी बढाउने घानास्थित मिडियाले जनाएका छन् ।

शिखर सम्मेलनले अफ्रिकी मिडिया आउटलेटहरूका लागि विश्वभरका आफ्ना समकक्षीहरूसँग अन्तरक्रिया गर्नका लागि महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको न्युज गहका प्रबन्ध निर्देशक रोजर अगानाले बताएका छन् ।

पाँचौं विश्व मिडिया शिखर सम्मेलन आयोजना भएको चिनियाँ शहर ग्वाङ्झाउमा शुक्रबार अवतरण गरेकी अगानाले भनेका छन्- म विश्वसँग घुलमिल हुन तयार छु, विश्वले अफ्रिका र चीनको वास्तविकता थाहा पाउनु आवश्यक छ र उनीहरूले कसरी दुवै देशका जनताहरूलाई फाइदा पुर्या उन सहयोग गरिरहेका छन् ।

विभिन्न पक्षहरूमा चीन-अफ्रिका सहयोगले सम्पूर्ण विश्वका लागि राम्रो उदाहरण प्रस्तुत गरेको छ । उनले चीन मैत्रीपूर्ण सहयोगका लागि सधैं तयार रहेको बताएका छन् । अगानाले चीनद्वारा प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बाट अफ्रिकाले व्यापार प्रवर्द्धन गर्न र त्यहाँको पूर्वाधारको विकासमा भूमिका खेल्न ठूलो फाइदा पुगेको धारणा राखेका छन्

बीआरआई प्रशंसनीय परियोजना भएको र यसले यसले सडक, रेलवे, बन्दरगाह र विमानस्थलहरू निर्माण गर्न मद्दत गरिरहेको र अफ्रिका महाद्वीपमा व्यापार सहजीकरणका लागि पूर्वाधार मेरुदण्ड बनेको उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्