Logo

ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा



काठमाडौं,१९ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सहभागी कार्यक्रममा पहिचानवादीले अवरोध गरेका छन् ।

मंगलबार नेपाली कांग्रेस ओखलढुंगाको भवन उद्घाटन गर्न पुगेका कार्कीलाई पहिचानवादीहरुले अवरोध गरेका छन् । कायक्रममा सहभागी मुख्यमन्त्री कार्कीलाई अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

किराँत राई यायोक्खाका महासचिव भीम राई, संयुक्त संघर्ष समिति ओखलढुंगाका जिल्ला संयोजक थगेन्द्र राई र यायोक्खा पूर्वजिल्ला अध्यक्ष दीपेन्द्र रुम्दालीलाई ओखलढुंगाको गोरुमारे भञ्ज्याङबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत फागुन १७ गते तत्कालीन प्रदेश नम्बर एकको नाम कोशी राखिएपछि पहिचानवादीले आन्दोलन विरोध गर्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले प्रदेश सभामा भएको मतदानमा सामेल ८२ जनालाई पहिचान वाहुल्य क्षेत्रमा प्रवेश निषेध गर्दै आएका छन् ।

पहिचानवादीले विशेष गरी तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की र नेकपा एमालेका नेताहरुलाई केन्द्रमा राखेर आन्दोलन र प्रदर्शन गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot