Logo

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने



काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुको बैठक बोलाएका छ्न । आज साँझ ६ बजेका लागि प्रचण्डले सत्तारुढ गठबन्धनको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा एनसेलले आफ्नो शेयर बेचेर बाहिरिने निर्णय गरेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल हुने उनको सचिवालयले जनाएको छ ।

एनसेलको मूख्य लगानीकर्ता मलेसियाको आजियाटा कम्पनीले आफ्नो नाममा रहेका ८० प्रतिशत शेयर बेचेर नेपालबाट बाहिरिने घोषणा गरेको थियो । एनसेलबाट आजियाटा बाहिरिँदा शेयर बिक्रीमा अर्बौँ रकम हिनामिना सम्बन्धमा समाचार प्रकाशित भईरहेका छन् । जसबारेमा प्रधानमन्त्री प्रचण्डले समेत चासो देखाएका छ्न । उनले सत्यतथ्य छानविन गर्ने सोमबार कार्यकक्षमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रतिबद्धता जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot