Logo

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका



काठमाडौं,१९ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एनसेलको शेयर बिक्री प्रकरणमा अबौंको चलखेल भएको हुनसक्ने आशंका गरेका छन् ।

मंगलबार नेपाली कांग्रेस ओखलढुंगाको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रथम दृष्टिमा नै एनासेलमा अर्बौको घोटला भएको आशंका हुने दाबी गरे ।

‘हिजोआज तपाईले पत्रपत्रिका खोल्नुभयो भने एनसेलको अर्बौं रुपैयाँको घोटालाको काण्ड सुन्नुहुन्छ, प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौ रुपैयाँ घोटाला भयो भन्ने कुराको अनुमान लगाउन सकिन्छ’, उनले भने ।

महामन्त्री थापाले यो प्रकरणमा कानुनको दुरुपयोग भएको वा जतिसुकै ठूलो मान्छेको संलग्नता भए पनि सरकार डराउन नहुने बताए ।

एनसेलमा रहेको ८० प्रतिशत शेयर मलेसियाको आजियाटा कम्पनीले हालै बिक्री गरेको थियो । नेपाली नागरिक शतिसलाल आचार्यको कम्पनीलाई शेयर बिक्री गरेर आजियाटा बाहिरिएपछि अहिले उक्त प्रकरणमा अर्बौंको चलखेल भएको हुन सक्ने आशंका उत्पन्न भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot