Logo

शरणार्थी प्रकरण- बालकृष्ण खाँणले दायर गरेको निवेदनमा मंसिर २८ गते सुनुवाइ हुने



काठमाडौं,२० मंसिर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाई गठी गरेको आरोपमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको निवेदनमा मंसिर २८ गते सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनले मंसिर २८ गतेको पेसी तोकेको हो ।

यसअघि यही मंसिर १५ गते थुनामा रहेका ६ जनालाई धरौटी र ४ जनालाई साधारण तारेखमा छोड्ने र १० जनालाई थुनामै राख्ने आदेश भएकोमा पूर्वगृहमन्त्री खाँणका विषयमा न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो ।

न्यायाधीश पाण्डेले ३० लाख धरौटीमा छाड्नुपर्ने र्फसला गरेका थिए । तर, अर्का न्यायाधीश खरेलले सहमित नजनाएपछि त्यो दिन कुनै टुंगोमा पुग्न नसकिएको हो । अब तेस्रो न्यायाधीश सम्मिलित इजलासले थुनामै राख्ने वा धरौटीमा छाड्ने भनेर फैसला गर्नेछ ।

यस प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पासहित १० जना थुनामै रहँदा खाणँका स्वकीय सचिव नरेन्द्र केसी, रायमाझी पुत्र सन्दीप रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाललगायत १० जना भने धरौटी र साधरण तारेखमा रिहा भईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot