Logo

मन्त्रिपरिषद्को बैठक बस्दै, एनसेल खरिद बिक्री प्रक्रियाका विषयमा छलफल हुने



काठमाडौं, मंसिर २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । अहिले विहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवादका विषयमा पनि बैठकमा छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ ।

प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद्को बैठक सकेर बौद्धस्थित होटल हयाटम रेस्पोन्सिबल बिजनेश समिटको उद्घाटन गर्न जाने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्