Logo

यू-१९ एसिया कप: नेपाललाई चौथो झट्का, अर्जुन २१ रनमा आउट



काठमाडौं,२२ मंसिर । आजबाट यूएईमा सुरु भएको एसीसी यू-१९ एसिया कपको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध खेलिरहेको नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटको रुपमा ओपनर अर्जुन कुमाललाई गुमाएको हो । उनी २१ रनमा आउट भएका छन् । ३५ बलमा ३ चौका हिर्काएका उनले २१ रन जोडेका थिए ।

यूएई क्रिकेट मैदानमा टस जितेर पाकिस्तानले पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्ता पाएको थियो । पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कप्तान देव खनाललाई तेस्रो विकेटको रुपमा शून्य रनमा गुमाएको थियो ।

नेपालले खेलको २। २ ओभरमा तिलकराज भण्डारीलाई पहिलो विकेटको रुपमा गुमाएको मा दोस्रो विकेटको रुपमा आकाश त्रिपाटीलाई गुमााएको थियो ।

ताजा अवस्थामा खेलको १६ ओभर चलिरहँदा ४ विकेट गुमाएर ४३ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot