Logo

यू-१९ एसिया कप- पाकिस्तानविरुद्ध संघर्षशील नेपालको एक सय रन पूरा



काठमाडौं,२२ मंसिर । आजबाट यूएईमा सुरु भएको एसीसी यू-१९ एसिया कपको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध खेलिरहेको नेपालले पाँचौं विकेट गुमाएर एक सय रन पूरा गरेको छ ।

टस हारेर सुरुवातमा ब्याटिङ गरिरहेको नेपालले ३१ ओभरको खेल चलिरहँदा ५ विकेट गुमाएर १०४ रन जोडेको छ । नेपालको क्रिजमा अहिले उत्तमरंगु थापामगर र दीपेश कँडेल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot