Logo

४८ ओभरमा अलआउट भयो नेपाल, पाकिस्तानले पायो १५३ रनको लक्ष्य, उत्तमको अर्धशतक



काठमाडौं,२२ मंसिर । यूएईमा जारी एसिसी यू-१९ एसिया कपको पहिला खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रनमात्र बटुल्न सक्यो ।

नेपालका लागि उत्तम थामा मगरले सर्वाधिक ५१ रन बनाउँदै अर्धशतकीय पारी खेले । उत्तमले ३८.३ ओभरमा ७० बलमा ३ चौका र २ छक्का हान्दै अर्धशतक पूरा गरे। त्यस्तै दिपेश कडेँल ३१ रन बनाएर आउट भए। उनले छैटौं विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरे। कडेँलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि खराब ब्याटिङ गरेको नेपालका ओपनर अर्जुन कुमाल २१ रन जोडेर चौथो विकेटको रुपमा आउट भए। उनले ३७ बलमा ३ चौका प्रहार गरे। लगत्तै अर्को ओभरमा गुल्सन झा १ रनमै आउट हुँदा नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुवाती ५ विकेट गुमायो। गुल्सनलाई पाकिस्तान अली अस्फानले १७ ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए।

त्यसअघि कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए। आकाश त्रिपाठी ६ रनमा पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परे भने तिलक भण्डारी ७ रनमा क्याच भएका थिए।

बलिङतर्फ पाकिस्तानका मोहम्मद जेसनले धातक बलिङ गरे । ९.२ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १९ रनमात्र दिएर ६ विकेट चट्काए । त्यस्तै अमिर हसनले २ तथा अलि अस्फन र उबैद शाहले समान १ विकेट लिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot