Logo

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा



काठमाडौं, मंसिर २४ । क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुल प्रिमियर लिग फूटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हराउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।खेलमा अग्रता भने घरेलु टोली क्रिस्टल प्यालेसले लिएको थियो । जेन फिलिपा माटेटाले ५७ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका हुन् ।

तर जोर्डन अय्युले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि घरेलु टोली ७५ औँ मिनेटमा नै १० खेलाडीमा सीमित बनेको थियो । त्यसको लगत्तै ७६ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए । लिभरपुलका लागि उनले २०० औँ गोल गरेका हुन् ।

हार्वे इलियटले दोस्रो हाफको इन्जुरी समयमा लिभरपुलका लागि विजयी गोल गर्न सफल भए । यस जीतसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलले ३७ अंक जोडेको छ । क्रिस्टल प्यालेस १६ अंकसहित तालिकाको १५ औं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot