काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मधेस सरकारका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा आएको टोलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो । भेटमा संविधानको व्यवस्थाबमोजिमका सङ्घीय कानुनहरू निर्माण, निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजनको विषयमा छलफल भएको जनाईएको छ ।
भेटमा सहभागी एक नेताका अनुसार छिटो सङ्घीय कानुन निर्माण सुरु नगरिए आफूहरू सङ्घर्षमा जानेबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको छ ।
जवाफमा प्रधानमन्त्रीले सङ्घीयताको जन्मदातारुपमा सरकारले सङ्घीयता सम्बन्धी विधेयकहरू अगाडि बढाइसकेकाले सङ्घीय कानुनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन् ।