Logo

नेपाल सुपर लिग : आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदै



काठमाडौं, मंसिर २४ । नेपाल सुपर लिग अन्तर्गत आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ।

हालसम्म ४ खेल खेलेको ललितपुर १ मा जित र ३ खेल बराबरी खेल्दै ६ अङ्क जोडेर तालिकाको चौथो स्थानमा रहेको छ। यस्तै समान ५ खेल खेलेको एफसी चितवन एकमा जित, एकमा पराजित र २ खेलमा बराबरी खेल्दै ५ अङ्क जोडेर पाँचौ स्थानमा रहेको छ। आजको खेलमा दुबै टोली जितको खोजिसहित मैदान उत्रने छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot