Logo

एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सांसद अमरेशले दायर गरेको रिट न्यायाधीश रेग्मीको इजलासमा



काठमाडौं,२४ मंसिर । एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेर नेपालबाट बाहिरिने आजियाटा कम्पनीको निर्णयविरुद सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।

स्वतन्त्र सांसद अमेरेशकुमार सिंहले शुक्रबार सर्वोच्च अदालतमा रिट हालेका थिए । उनले आजियाटा कम्पनीको निर्णयलाई यथास्थितिमा राख्न र थप कारबाही अगाडि नबढाउन माग गरेका छन् ।

बिहीबार उच्च अदालत पाटनले पनि एनसेल प्रकरणमा सुनुवाइ गर्दै खरिदबिक्री प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot