Logo

परराष्ट्रले पहिलोपटक महिला सचिव पाउँदै, सेवा लम्साल सचिव बढुवाका लागि सिफारिस



काठमाडौं,२४ मंसिर । परराष्ट्र मन्त्रालयको सचिवमा सह-सचिव सेवा लम्सालको नाम बढुवाका लागि सिफारिसमा परेकी छन् ।

आइतबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सहसचिव सेवा लम्सालको नाम एकलरुपमा सिफारिस गरेको हो ।

मन्त्रालयका निवर्तमान सचिव भरतराज पौड्याल क्यानडाका लागि राजदूतमा सिफारिस भएपछि लम्सालले निमित्तको जिम्मेवारी सम्हाल्दै आएकी थिईन् । उनी सचिवमा बढुवा भएमा नेपालको इतिहासकै पहिलो परराष्ट्र महिला सचिव बन्नेछिन् ।

०४६ को राजनीतिक परिवर्तनदेखि अहिलेसम्म १२ जना सचिवले परराष्ट्र मन्त्रालयको नेतृत्व गरेका छन्। तिनमा यादवकान्त सिलवाल, केदारभक्त श्रेष्ठ, कुमारप्रसाद ज्ञवाली, नारायण शमशेर थापा, मुरारीराज शर्मा, मधुरमण आचार्य, ज्ञानचन्द्र आचार्य, डा। मदनकुमार भट्टराई, दुर्गाप्रसाद भट्टराई, अर्जुनबहादुर थापा, शंकरदास बैरागी र भरतराज पौड्याल छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot