Logo

यू-१९ एसिया कप: एकै ओभरमा २ विकेट गुमेसँगै नेपालको ब्याटिङ धरापमा



काठमाडौं,२४ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले अफगानस्तानविरुद्ध ५ विकेट गुमाएको छ ।

अफगानस्तानले दिएको २६२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १९ औं ओभरमा लगातार २ विकेट गुमाएको हो । १८। २ ओभरमा उत्तम थापा मगरलाई गुमाएको नेपालले त्यहि ओभरको पाँचौ बलमा आकाश त्रिवाठीलाई गुमाएको हो ।

ताजा अवस्थामा नेपालले १९ ओभरमा ५ विकेट गुमाएर ८० रन जोडेको छ । लगातार विकेट गुमेसँगै नेपालको ब्याटिङ संकटमा परेको छ । अहिले नेपालको क्रिजमा गुल्सन झा र अर्जुन कुमाल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot