Logo

जसपा कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौं, मंसिर २५ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दै छ । अहिले बिहान ११ बजेदेखि पार्टी कार्यालयमा बस्न लागेको बैठकमा संगठन विस्तार तथा सुदृढीकरण अभियानमाथी समीक्षा हुने जनाईएको छ ।

जसपाले गत भदौदेखि कार्तिकसम्म तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियान चलाएको थियो । त्यस्तै, बैठकमा केन्द्रीय समितिको बैठक, राष्ट्रिय सभाको निर्वाचन लगायतबारे छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot