Logo

शेयर बजारले लय लिन सकेनः हिजो उछाल, आज उतारचढाव



काठमाडौं, २५ असोज । साताको पहिलो दिन (हिजो) तीन पटक सर्किट ब्रेक भएर कारोबार बन्द भएको शेयर बजारमा आज भने उतारचढाव आएको छ । शेयर बजार हिजो कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो । पुनः १२ः ०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेर आजका लागि शेयर बजार बन्द भएको थियो । बजार ६ प्रतिशतले बढेको थियो । आइतबार सेयर बजारको परिसूचक नेप्से १११ अंक बढेर नेप्से १९६३ अंकमा कायम भएको थियो ।

कारोबारको दोस्रो दिन आज (सोमबार) भने ११ बजेदेखि नियमित कारोबार भइरहेको भएपनि बजार निरन्तर ओरालो लागिरहेको छ । यो समाचार तयार पार्दासमेत नेप्से २२ अंकले घटेको छ । आज एक सय ८७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

हिजो (आईतबार) १११ अंकले बजार बढ्नुलाई नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्राभाव देखिएको अनुमान गरिएको थियो । राष्ट्र बैंक लचिलो भएपछि बजारमा सकारात्मक प्रभाव परेको लगानी कर्ताका अनुमान भएपनि भोलिपल्टै शेयर बजारले आफ्नो लय लिन सकेन ।



प्रतिक्रिया दिनुहोस्