Logo

यू-१९ एसिया कप: जापानले दियो बंगलादेशलाई १०० रनको सामान्य लक्ष्य



काठमाडौं,२५ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा जापानले बंगलादेशलाई एक सय रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित ओभल मैदान २ मा टस हारेर सुरुवातमा ब्याटिङ गरेको जापानले ४७।१ ओभरमा अलआउट हुँदै मात्र ९९ रन जोड्न सक्यो । उसका लागि निहर परमारले सर्वाधिक १८ तथा किफर लेकले १७ रन जोड्न बाहेक अन्य कुनैपनि खेलाडीले गतिलो रन जोड्न सकेनन् ।

बलिङतर्फ बंगलादेशका अरिफुल स्लाम र रहमान रविले समान २ तथा मारुफ मिर्चाले एक विकेट लिए । पहिलो खेलमा यूएईलाई हराएको बंगलादेश आजको खेलमा पनि जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । भने जापान कमजोर प्रदर्शन गर्दै समूह चरणबाट बाहिरिने संघारमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot