Logo

यू-१९ एसिया कप: श्रीलंकाबाट यूएईले पायो २२० रनको चुनौतीपूर्ण लक्ष्य



काठमाडौं,२५ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा श्रीलंकाले आयोजक यूएईलाई २२० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित ओभल मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१९ रन जोड्यो । उसका लागि दिनुरा कालुपानाले अर्धशतकीय पारी खेल्दै ५८ रन जोड्दा कप्तान सिनेथ जयवर्दनेले ४९ रन थपे । त्यस्तै रुसान्दा ग्यामेजले २६, पुलिन्दु परेसाले २४ र विश्वा लाहुरुले नटआउट रहँदै २३ रन थपे ।

बलिङतर्फ यूएईका ओमिन रहिमान र आयन अफजाल खानले समान २ तथा आयन अमिद, ध्रूव परासर र हार्दिक पाईले समान १ विकेट लिए

पहिलो खेलमा जापानलाई हराएको श्रीलंका आजको खेलमा पनि जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । भने यूएई पनि जित निकाल्दै सेमिफाइनलको यात्रा जीवितै राख्न चाहन्छ । युएई पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot