Logo

जापानलाई ९ विकेटले पाखा लगाउँदै बंगलादेश यू-१९ एसिया कपको सेमिफाइनलमा प्रवेश



काठमाडौं,२५ मंसिर । बंगलादेश यूएईमा जारी एसीसी यू-१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको समूह बी को दोस्रो खेलमा जापानलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै बंगलादेश एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

जापानले दिएको १०० रनको सामान्य लक्ष्य बंगलादेशले १२ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो उसका लागि आशिकुर रहमान शिबलीले द्धछ बलमा ८ चौकासहित ५५ रन जोडे । त्यस्तै जिसम आलमले २६ रन थपे ।

यो जितसँगै बंगलादेश एक खेला अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । अब उसले अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्