Logo

प्रतिनिधि सभा भर्सेस राष्ट्रिय सभाः सभामुख टिमबाट चार गोल, अध्यक्ष टिम शून्य



काठमाडौं, २६ मंसिर । संघीय संसद् सेवा दिवस २०८० को अवसरमा मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ । उक्त फुटसलमा संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यहरुले भाग लिएका छन् ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा टिम रहेको छ । सभामुख नेतृत्वको टिमले ४ गोल गर्दा अध्यक्ष नेतृत्वको टिम भने शून्यनै रहेको छ ।

प्रतिनिधि सभा सदस्यहरु माधव सापकोटाले २ गोल, विराजभक्त श्रेष्ठ र विश्वप्रकाश शर्माले १/१ गोल गरेका छन् । खेल काठमाडौँको भृकुटीमण्डपस्थित फनकपार्कमा रहेको गोल्ज फुटसलमा आयोजना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot