Logo

यू-१९ एसिया कप: यूएईले दियो जापानलाई ३२१ रनको विशाल लक्ष्य



काठमाडौं,२७ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत समूह बी को अन्तिम खेलमा आयोजक यूएईले जापानलाई ३२१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित ओभल क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३२० रनको विशाल योगफल खडा गरेको हो । यूएई बनाएको यो स्कोर यस संस्करणको सबैभन्दा ठूलो स्कोर हो । यसअघि हिजोको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३०४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

३०० रनमाथिको विशाख स्कोर खडा गर्न यूएईका आयन अफ्जल खान, मारुफ मार्चेन्ट, ध्रूब परासरले अर्धशतकीय पारी खेले । खानले नटआउट रहँदै ६७, मार्चेन्टले ६०, परासरले ६५ र तानिस सुरीले ४३ रन थपे । त्यस्तै आयन शर्माले २९ रन जोड्दा श्री सेठ्ठिले १७ रन थपे ।

बलिङतर्फ जापानका आभ्रव तिवारी र चार्लेस हिन्जले समान २ विकेट लिए । यूएईले आजको खेलमा फराकिलो जित निकालेमा र श्रीलंका बंगलादेशसंग पराजित भएका यूएई र बंगलादेश रनरेटका आधारमा सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह ए बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot