Logo

धर्मगुरू अयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड



तेहरान। इरानी अधिकारीहरूले गत अप्रिलमा एक शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ ।

देशको सर्वोच्च नेता चयन गर्ने विशेषज्ञहरूको सभाका सदस्य अयातुल्लाह अब्बास अली सुलेमानीको गत अप्रिल २६ मा उत्तरी प्रान्त मजान्दारनको बाबोलसर शहरको एक बैंकमा हत्या गरिएको थियो ।

नाम नखुलाइएका ती हत्यारा बैङ्कमा सुरक्षा गार्ड थिए । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा ‘उनले कुर्सीमा बसिरहेका बेला धर्मगुरुलाई पछाडिबाट गोली हानेको देखिएको’ देखिन्छ ।

धार्मिक शहीद अयातुल्लाह अब्बास अली सुलेमानीको हत्यारालाई देशको सर्वोच्च अदालतले अनुमोदन गरेपछि आज कासा ९प्रतिशोधसम्बन्धी इस्लामिक कानून० को सजाय सुनाइएको छ,” न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा उल्लेख छ ।

इस्लामी कानुनअनुसार पीडित परिवारले दोषीलाई छोड्न सहमत भएमा केसासको सजाय घटाउन सकिन्छ ।

७५ वर्षीय सुलेमानी यसअघि सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सहयोगी थिए र उनले काशान र जाहेदान शहरमा शुक्रबार हुने इस्लामिक प्रार्थनाको नेतृत्व गर्नेगरेका थिए ।

विशेषज्ञहरूको ८८ सदस्यीय सम्मेलनलाई सर्वोच्च नेताको पर्यवेक्षण, बर्खास्ती र चयन गर्ने जिम्मेवारी दिइएको छ । यसको नेतृत्व ९६ वर्षीय धर्मगुरु अहमद जनातीले गरिरहेका छन् ।

यसका सदस्यहरू आठ वर्षे कार्यकालका लागि निर्वाचित हुन्छन्, तर उनीहरूको उच्च पदस्थ धर्मगुरूबाट अनुगमन हुने गर्छ ।

सन् २०२२ को अप्रिलमा इरानको दोस्रो सहर मशादमा छुरा प्रहारबाट दुई धर्मगुरुको मृत्यु भएको थियो । २१ वर्षीय संदिग्ध जिहादी अब्दोलातिफ मोराडीलाई दुई महिनापछि फाँसी दिइएको थियो ।

मानवअधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलका अनुसार इरान विश्वमा धेरै मानिसलाई मृत्युदण्ड दिनेमध्येको एक इस्लामिक मुलुक हो । नर्वेस्थित इरान मानव अधिकार समूहले गत महिना सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार यो वर्ष अहिलेसम्म ६०० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिइसकेको छ, जुन आठ वर्षयताकै सबैभन्दा बढी हो । रासस



प्रतिक्रिया दिनुहोस्