Logo

नेपाल सुपर लिग : आज चितवन र धनगढीबीच खेल हुँदै



काठमाडौं, मंसिर २८ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र धनगढी एफसीबीच खेल हुँदैछ। खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । जारी लिगमा धनगढीले पाँचौँ तथा चितवनले छैटौँ खेल खेल्दैछ।

हालसम्मका चार खेलमध्ये दुईमा जित र दुईमा बराबरी गरेको धनगढी ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । चितवन एकमा जित, दुईमा बराबरी र दुईमा पराजय हुँदै ५ अंकसहित तालिकाको सातौँ स्थानमा छ। शीर्षस्थानमा ललितपुर सीटी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot