काठमाडौं, मंसिर २८ । एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विहिबार राजधानीमा खवरदारी प्रदर्शन गरेको छ। पद्मकन्या बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले आज विहान गरेको एनसेल बिक्रीविरूद्धको प्रर्दशनमा अनियमितता छानबिनको माग गरेका छन् । नेविसंघले कर छलेर मलेसियन कम्पनी आजियाटा एनसेलबाट बाहिरिएको भन्दै विरोध जनाएको हो।
नेविसंघले एनसेल प्रकरणमा भएका अनियमितता विरुद्ध प्रेस विज्ञप्ति जारी गर्दै अधिकांश प्रकरणहरू सेटिङ तथा फितलो छानबिन र लापरवाहीका कारण सेलाएर गएका दृष्टान्त रहेकाले एनसेल खरिदबिक्री प्रकरण छानबिन गर्न बनेको समिति औपचारिकतामा मात्र सीमित नहोस् भन्दै खवरदारी गरेको छ ।
फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल