Logo

उत्तर पश्चिम पाकिस्तानमा आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु, सात घाइते



इस्लामाबाद, २९ मङ्सिर । पाकिस्तानको उत्तर पश्चिम खैबर प्रान्तमा शुक्रबार बिहान भएको दई छुट्टाछुट्टै आक्रमणमा परी एक प्रहरी तथा दुई अर्ध–सैनिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खैबर जिल्लाको संयुक्त जाँच चौकीमा आतङ्कवादीहरूले आक्रमण गर्दा दूई अर्ध्र सैनिकको मृत्यु भएको तथा छ जना घाइते भएको प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ ।

स्थानीय समयअनुसार बिहान २ः४५ बजे पाकिस्तान सरकारद्वारा आतङ्ककारी घोषित समूहले विष्फोटक पदार्थ र आधुनिक बन्दुकद्वारा आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गर्दा आक्रमणकारीहरू भागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणबाट घाइते भएका व्यक्तिहरूलाई उपचारको लागी प्रान्तीय राजधानीस्थित पेशावरको अस्पतालमा लगिएको छ ।

स्थानीय समय अनुसार बिहान ३ः०० बजे ट्याङ्क जिल्लामा रहेको प्रहरीको हतियार भण्डारण परिसरमा आतङ्ककारीले गोली प्रहार गर्दा एक प्रहरीको मृत्यु भएको छ । भने अन्य एक जना घाइते भएको स्रोतले बताएको छ ।

प्रहरीका अनुसार प्रहरीको जवाफी कारबाहीपछि आक्रमणहरू घटनास्थलबाट भागेको प्रहरीले बताएको छ । आक्रमणकारीहरूलाई प्रक्राउ गर्नका लागी खोजी जारी रहेको प्रहरीले बताएको छ । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले नलिएको प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot